Section 20A
प्रतिस्थापन गर्ने वा यथास्थानमा राख्नने :

दफा २० को प्रतिबन्धात्मक वाक्यांशको खण्डक (क) बमोजिम पुरातत्व विभागमा प्राप्त हुन आएको प्राचीन स्मारक वा पुरातात्विक वस्तु सम्बन्धित धनी वा गुठियारहरूले प्रतिस्थापना गर्न वा यथास्थानमै राख्न फिर्ता पाउँ भनी सम्बन्धित गाउँपालिका वा नगरपालिका र प्रमुख जिल्ला अधिकारीको सिफारिश सहित प्रतिवेदन गरेमा त्यस्तो प्राचीन स्मारक वा पुरातात्विक वस्तु फिर्ता दिन मनासिव देखेमा पुरातत्व विभागले सम्बन्धित धनी वा गुठियारहरूसँग आवश्यक कागज गराई फिर्ता दिन सक्नेछ ।